Logo

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ६० प्रतिशतले घट्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ६० प्रतिशतले घट्यो



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १० दशमलव ७९ अंकले घट्न पुगेको छ ।

आईतबार परिसुचकका साथै कारोबार रकममा पनि उच्च गिरावट आएको छ । गत हप्ताको अन्तिम दिन ७९ करोड ३३ लाख रुपैयाँको कारोबार भएको बजारमा आज ३२ करोड ३७ लाख रुपैयाँको मात्र कारोबार भएको छ । अघिल्लो हप्ताको अन्तिम दिनको तुलनामा आज कारोबार रकममा ६० प्रतिशतको गिरावट आएको छ ।

दोहोरो अंकले घटेको बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा बसैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ८६ अंकले घट्दा जीवन बीमा समुहको परिसुचकमा ६७ अंकको गिरावट आयो ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुच पनि ७ दशमलव १६ अंकले घट्न पुग्यो । यस्तै लभुवित्त समुहको परिसुचक २५ अंकले घट्दा विकास बैंक समुह १५ अंकले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL