Logo

आगामी महिनादेखि चौधरीको ‘वाईवाई’ बंगलादेशबाट उत्पादन, थप आधा दर्जन देशमा प्लाण्ट स्थापना गर्दै

आगामी महिनादेखि चौधरीको ‘वाईवाई’ बंगलादेशबाट उत्पादन, थप आधा दर्जन देशमा प्लाण्ट स्थापना गर्दै



काठमाडौं । आगामी महिनादेखि सिजी ग्रुपको वाईवाई चाउचाउ बंगलादेशबाट उत्पादन हुने भएको छ । नेपाल भारत लगायतका विभिन्न मुलुकमा प्लान्ट स्थापना गरी चाउचाउ उत्पादन गर्दै आएको सिजी ग्रुपले आगामी महिनादेखि बंगलादेशमा स्थापना भएको प्लान्टबाट पनि उत्पादन थालिने चौधरी ग्रूपमा अध्यक्ष बिनोद चौधरीले जानकारी दिए ।

नेपाल र भारतमा अत्याधिक रुचाईएको चौधरी ग्रूपको वाईवाईले विश्वका धेरै देशमा प्लाण्ट स्थापना गरी उत्पादन थाल्ने भएको छ । विश्व बजारमा तयारी चाउचाउको २ दशमलव २ प्रतिशत बजार हिस्सा ओगट्न सफल वाईवाईले नेपाल र भारतका विभिन्न स्थान सँगै सर्बिया, थाईल्यान्डलगायतका देशमा उत्पादन सुरु गरिसकेको छ ।

सिजी ग्रुपले बंगलादेशमा आफ्नो प्लान्ट सन २०१७ को अन्त्यमै संचालनमा ल्याउने उद्घोष गरेपनि अबको १ महिना पछिमात्र संचालनमा आउने भएको छ ।

सिजीले आगामी डिसेम्बरमा काजकस्तानकोे सिमकेन्ट र २०१९ को जुनबाट ईजिप्टबाट पनि उत्पादन थाल्ने जानकारी दिएको छ ।
कम्पनीका अनुसार आगामी डिसेम्बरमा काजकस्तानको सिमकेन्टबाट उत्पादन हुने चाउचाउ कीरगिस्तान, उज्वेकिस्तान, ताजिकिस्तान र रुसमा निर्यात हुनेछ ।

कम्पनीले आगामी दिनमा रुस, पोल्यान्ड, इरान, टर्की तथा मेक्सिको लगायतका देशमा आफ्नो प्लान्ट स्थापना गर्दै वाईवाईलाई विश्वव्यापी ब्राण्डका रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL