Logo

हुन्डाइको दशैं लक्षित फेष्टिभ डिलाइट योजना, नगद छुटका साथै १ बर्षको बीमा

हुन्डाइको दशैं लक्षित फेष्टिभ डिलाइट योजना, नगद छुटका साथै १ बर्षको बीमा



काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं, तिहार तथा छठको उपलक्ष्यमा हुन्डाई फेस्टिभ डिलाईट योजना ल्याएको छ ।

कम्पनीले भदौ २१ गतेदेखि लागु हुनेगरी कार्तिक २७ गतेसम्मका लागि उक्त योजना सार्वजनिक गरेको हो ।

कम्पनीको उक्त योजना अन्तरगत ग्राहकहरुले हुन्डाईका गाडी खरिदमा आकर्षक नगद छुटका साथै १ बर्षसम्मको निशुल्क बीमा सविधा पाउने छन ।

यसका साथै कम्पनीको उक्त योजनाअन्तरगत स्क्र्याच कार्डमार्फत १ लाखसम्मको नगद छुट, १०–१० ग्राम सुन तथा बम्पर उपहार अन्तरगत लक्की ड्रमार्फत हुन्डाई आर्इ २० एक्टिभ १ थान र हुन्डाई क्रेटा १ थान जित्न सकिने छ ।

कम्पनीले हुन्डाईका सबै गाडीहरुमा ३ बर्षको वारेन्टी, ४ बर्षको फ्रि सर्भिसिङ तथा निशुक्क सवारी कर भुक्तानी पनि उपलब्ध हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL