Logo

साताको अन्तिम दिन नेप्सेमा गिरावट, एनएमबी बैंकले बढायो कारोबार

साताको अन्तिम दिन नेप्सेमा गिरावट, एनएमबी बैंकले बढायो कारोबार



काठमाडौं । साताको पहिलो ४ दिनसम्म दोहोरो अंकमा बढेको नेप्से परिसुचक अन्तिम दिन घट्न पुगेको छ । बिहीबार बजारमा उच्च उतारचढाव हुँदै अन्तमा ४ दशमलव ३६ अंकले घट्न पुगेको हो ।

बिहीबार नेप्से परिसुचक घटेपनि कारोबार रकममा भने बृद्धि भएको छ । दिनभर कुल ७९ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी एनएमबी बैंकको १० करोड ३४ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो ।

बजारमा प्रायःजसो समुहको परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसचुक ८४ अंकले घट्न पुगेको छ भने जीवन बीमा समुहको परिसुचकमा पनि ३९ अंकको गिरावट आएको छ ।

बजारमा बैंक, विकास बैंक, होटल, लघुवित्त समुहको परिसचुकमा पनि गिरावट आएको छ । तर, घट्दो बजारमा अतिरिक्त, उत्पादनमुलक र व्यापार समुहको परिसुचक भने बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL