Logo

असोज ११ देखी दशैं लक्षित स्टक क्लियरेन्स मेला, कपडा देखी मोटरसाईकलमा विशेष छुट

असोज ११ देखी दशैं लक्षित स्टक क्लियरेन्स मेला, कपडा देखी मोटरसाईकलमा विशेष छुट



काठमाडौ । इभेण्ट सोलुसन प्रालिले दशैंकोे अवसरमा ‘स्टक क्लियरेन्स मेला’ गर्ने भएको छ ।

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’नारा दिएको सो मेला असोज ११ गते देखी १५ गते सम्म हुने भएको हो ।

काठमाडौंको भृकुटीण्डपमा ५ दिन सम्म चल्ने सो मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका स्टलहरु रहने प्रालीका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताएका छन ।

१ सय भन्दा बढी स्टल रहने यो मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिने आयोजकले जानकारी दिएको छ ।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ एक्सपोको आयोजना गर्न लागिएको हो । मेलामा काठमाडौं, भक्तपुर, ललितपुर लगायतका क्षेत्रबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने आयोजकको विश्वास रहेको छ ।

‘दशैंको सपिंगगर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्था नहोस् भनेर एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं’, प्रधानले भने ।

करिब ५० हजार जना उपभोक्ताले मेला अवलोकन गर्ने र आफुलाई आवश्यक वस्तु खरिद गर्ने आयोजकले जानकारी दिएको छ ।

नेपाल चेम्र अफ कमर्शको प्रवद्र्धनमा मेला आयोजना हुन लागेको आयोजक इभेण्ट सोलुसनप्रालिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL