Logo

३० प्रतिशतले घट्यो सेयर कारोबार रकम, परिसुचकमा ८ अंकको गिरावट

३० प्रतिशतले घट्यो सेयर कारोबार रकम, परिसुचकमा ८ अंकको गिरावट



काठमाडौं । अघिल्लो हप्ता दैनिक ४० करोड रुपैयाँमाथी सेयर कारोबार हुने गरेकोमा यो हप्ताको सुरुवाती दिनदेखि नै खुम्चिएको छ । साताको पहिलो दिन २५ प्रतिशतले घटेको सेयर कारोबार सोमबार बढेर ३० प्रतिशतको गिरावट आएको छ ।

आईतबार कुल ३२ करोड ५२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएकोमा सोमबार ३० प्रतिशतको गिरावट आउँदै २२ करोड ६१ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । सोमबार बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर बाहेक अन्य कुनै पनि कम्पनीको १ करोड रुपैयाँ भन्दा माथी सेयर कारोबार भएन ।

इन्भेष्टमेन्ट बैंकको १ करोड ८९ लाख रुपैयाँको संस्थापक सेयर खरिदबिक्री हुँदा अन्य कम्पनीको भने ९२ लाखभन्दा तलनै कारोबार भए । खुलेदेखि नै ओरालो लागेको बजार अन्तमा ८ दशमलव २२ अंकले घट्न पुगेको छ ।

सोमबार उत्पादनमुलक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा कम्पनीको परिसुचक ७५ अंकले घट्दा निर्जीवन बीमा कम्पनीको परिसुचकमा करिब ६० अंकको गिरावट आएको छ ।

बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ५ दशमलव ४२ अंकले घट्न पुगेको छ भने विकास बैंक समुह १३ र होटल समुहको परिसुचक २३ अंकले ओरालो लागेको छ । दिनभर कुल १ सय ६० कम्पनीको ६ लाख कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL