Logo

साताको पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट, खुम्चियो कारोबार रकम

साताको पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट, खुम्चियो कारोबार रकम



काठमाडौं । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा दोहोरो अंकले घट्न पुगेको छ । केही समय सामान्य अंकले घटेको नेप्से परिसुचक १४ अंकले ओरालो लागेको हो ।

आईतबार बजारमा सबै समुहका नेप्से परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि निर्जीवन बीमा समुहको परिसुचक १ सय ३ अंकले घटेको छ भने जीवन बीमा समुहको परिसुचक ६५ अंकले ओरालो लागेको छ ।

बजारमा सबैभन्दा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि १२ अंकको गिरावट आएको छ भने विकास बैंक समुहको परिसुचक पनि करिब २१ अंकले घट्न पुगेको छ ।

यसैगरी बजारमा माईक्रोफाइनान्स समुहको परिसुचक २३ दशमलव ४३ अंकले घट्दा होटल २३ र उत्पादनमुलक समुहको परिसुचकमा पनि १८ अंकको गिरावट आएको छ ।

अघिल्लो हप्ताको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो हप्ताको अन्तिम दिन करिव ४५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आईतबार ३२ करोड ५२ लाख रुपैयाँमा खुम्चिएको छ । दिनभर कुल १ सय ६० कम्पनीको १५ लाख ६४ हजार कित्ता सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढि ग्रामिण विकास लघुवित्तको ३ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL