Logo

नेपाल ग्याँसको ‘कम्पोजिट सिलिण्डर’ बजारमा, दुई थरी सिलिण्डरमा उपलब्ध

नेपाल ग्याँसको ‘कम्पोजिट सिलिण्डर’ बजारमा, दुई थरी सिलिण्डरमा उपलब्ध



काठमाडौं । नेपाल ग्याँसले आजदेखि बजारमा कम्पोजिट सिलिण्डर (आगलागी हुँदा पनि नपड्किने) ल्याएको छ । कम्पनीले उपभोक्ताको सुरक्षालाई प्राथमिकता दिँदै बजारमा कम्पोजिट सिलिण्डर ल्याइएको नेपाल ग्याँसका कार्यकारी अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिए ।

उनका अनुसार नेपाल ग्याँसले बजारमा दुई थरी कम्पोजिट सिलिण्डर ल्याएको छ । जसमा ५ किलोग्राम र १४.२ किलोग्रामका रहेका छन् । उपभोक्ताको माग अनुसार बजारमा कम्पोजिट सिलिण्डर उपलब्ध गराउन लागिएको समेत उनले जानकारी दिए ।

कम्पनीले यस अघि बजारमा फलामे सिण्डिर मात्र उपलब्ध गराएको थियो । उक्त सिलिण्डरमा ग्याँस चुहावट हुँदा पड्कने सम्भावना हुन्छ । तर, कम्पोजिट सिलिण्डरमा ग्याँस चुहावट हुँदा वा आगलागी हुँदा पनि नपड्किने उनले जानकारी दिए । ‘हामी बजारमा जुन सिलिण्डर ल्याएको छौं त्यो सिलिण्डरमा आगलागी हुँदा सम्पूर्ण ग्याँस बलेर सकिन्छ तर सिलिण्डर पड्कदैन ।’

कम्पनीले बजारमा कम्पोजिट सिलिण्डर ल्याएपनि यस अघि चलनचल्तीमा आएको फलामे सिलिण्डरको प्रयोगलाई पनि निरन्तरता दिने उनले जानकारी दिए । ‘हामीले ग्राहको माग अनुसार कम्पोजिट सिलिण्डर उपलब्ध गराउने हौं,’ उनले भने, ‘चलनचल्तीका फलामे सिलिण्डरलाई पनि हटाईने छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL