Logo

ओप्पोले आफ्नो नयाँ फोन ‘एफनाइन’ अगस्ट अन्तिममा सार्वजनिक गर्दे, यस्ता छन विशेषता

ओप्पोले आफ्नो नयाँ फोन ‘एफनाइन’ अगस्ट अन्तिममा सार्वजनिक गर्दे, यस्ता छन विशेषता



काठमाडौं । स्मार्टफोन ब्रान्ड ओप्पोले आफ्नो नयाँ फोन एफनाइन सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही अगस्ट महिनाको अन्त्य सम्ममा उक्त नयाँ फोन सार्वजनिक गर्ने भएको हो ।

ओपो एफनाइन ब्राण्डको एफसिरिज अन्तर्गत नयाँ स्मार्टफोन हो । यसमा कम्पनीले भीओओसी फ्ल्यास चार्ज, ग्राडियण्ट कलर्स तथा पृथक वाटरड्रप स्क्रिन डिजाइन समाहित गर्ने जानकारी दिएको छ ।

उक्त फोनमा भएको भीओओसी फ्ल्यास चार्जले कमभोल्टेजमा फास्ट चार्जिङ प्रविधि मार्फत अत्यधिक तिब्र गतिमा चार्जिङ सुविधा प्रदान गर्छ ।

ओपो एफनाइनमा कम्पनीले एफसिरिजमै पहिलो पटक आकर्षक ग्राडियण्ट कलर डिजाइनको प्रयोग गरेको छ । कम्पनीले नयाँ फोनर्मा ‘सनराइज रेड’, ‘ट्वाइलाइट ब्ल्यू’ र ‘स्टारी पर्पल’ गरी ३ भिन्न आकर्षक रंगमा उपलब्ध गराउने तयारी गरेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL