Logo

अन्तिम समयमा आएर उकालो लाग्यो बजार, नेप्से परिसुचक १२ सय माथी

अन्तिम समयमा आएर उकालो लाग्यो बजार, नेप्से परिसुचक १२ सय माथी



काठमाडौं । सोमबार देखि नै बढ्न सुरु गरेको नेप्से परिसुचकमा आज दोहोरो अंकको बृद्धि भएको छ । बुधबार सुरु देखि नै सामान्य रुपमा उक७३ अंकले बढ्न पुगेको हो ।

लामो समय १२ सय अंकभन्दा तल रहेको नेप्से परिसुचकले आज सो सीमा पार गर्दै १ हजार २ सय ९ अंकमा पुगेर अडिएको छ । दोहोरो अंकले बढेको बजारमा सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा निर्जीवन बीमा समुहको परिसुचक २ सय ३ अंकले बढ्दा जीवन बीमा समुहको परिसुचक १ सय १८ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २५ अंकले उकालो लागेको छ भने विकास बैंक समुहको परिसुचक पनि ३६ अंकले उकालो लागेको छ । यस्तै माइक्रोफाइनान्स र होटल समुहको परिसुचक ३६÷३६ अंकले बढ्दा, उत्पादनमुलक ३९ र जलविद्युत समुहको परिसुचक ३१ अंकले उकालो लागेको छ ।

बुधबार बजारमा कारोबार रकम पनि बढेको छ । बढि कारोबार हुने १० कम्पनीमध्ये ७ कम्पनीको १ करोड रपैयाँभन्दा बढिले सेयर खरिदबिक्री भएका छन् । दिनभर कुल ३६ करोढ रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १ सय ६५ कम्पनीको १० लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL