Logo

सेयर बजारमा १७ अंकको पहिरो, ब्याजदर र सप्लाईको प्रेसरमा लगानीकर्ता

सेयर बजारमा १७ अंकको पहिरो, ब्याजदर र सप्लाईको प्रेसरमा लगानीकर्ता



काठमाडौं । लामो समय सामान्य अंकको उतारचढाव भएको बजार साताको पहिलो दिन आज दोहोरो अंकले घट्न पुगेको छ । बजार खुलेदेखि नै ओरालो लागेको बजार अन्तमा १६ दशमलव ६९ अंकले घट्न पुगेको छ ।

बजारमा ब्यापार र होटल बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि जीवन बीमा समुहको परिसुचक १ सय ९३ अंकले घट्दा निर्जीवन जीवन बीमा समुहको परिसुचक १ सय ५ अंकले घटेको छ । यसैगरी बजारमा प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ११ दशमलव ८७ अंकले ओरालो लागेको छ ।

आईतबार उत्पादनमुलक समुहको परिसुचक ६३ अंकले घट्दा लघुवित्त ३१, विकास बैंक १३ र जलविद्युत समुहको परिसुचक २१ अंकले ओरालो लागेको छ ।

बजारमा नेप्से परिसुचक ओरालो लाग्दा कारोबार रकम भने बढ्न पुगेको छ । गत हप्ता दैनिक १५/१६ करोड रुपैयाँको हाराहारीमा कारोबार भएको बजार आज बढेर २५ करोड रुपैयाँभन्दा माथी पुगेको छ । आईतबार नेपाल लाईफ इन्स्योरेन्सको ३ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा समग्रमा कारोबार रकम बढ्न पुगेको हो । दिनभर कुल १ सय ६२ कम्पनीको ७ लाख ८१ हजार कित्ता सेयर कारोबार भएको छ ।

बजारमा पछिल्लो समय सेयरको बढ्दो फ्लो र मार्जिन ल्याण्डिङको उच्च ब्याजदरका कारण लगानीकर्ताहरु समस्यामा परेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ताको चाप उच्च छ,’ ती लगानीकर्ताले भने, ‘जसले गर्दा बजारमा कुनै पनि लगानीकर्ताले बढाएर सेयर बिक्री गर्न सकेका छैनन् ।’ साथै पछिल्लो समय दैनिकजसो सेयर बजार घटिरहेकाले पनि लगानीकर्ताले होल्ड गरेका सेयर पनि बिक्री गर्न थालेको उक्त स्रोतको भनाई थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL