Logo

नेपाल लाईफ इन्स्योरेन्को सेयर संरचना परिमार्जन, यस्तो छ नयाँ व्यवस्था

नेपाल लाईफ इन्स्योरेन्को सेयर संरचना परिमार्जन, यस्तो छ नयाँ व्यवस्था



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सेयर संरचनामा परिवर्तन गरेको छ । कम्पनीले आफ्नो संस्थापक सेयरको अनुपात घटाउँदै साधारण सेयरको हिस्सा बढाउने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार अबका दिनमा संस्थापक र साधारण सेयरको अनुपात ६०ः४० हुनेछ । यसअघि उक्त सेयर अनुपात ७०ः३० रहेको थियो । नेपाल लाईफ संचालक समितिको निर्णय अनुसार अबका दिनमा ४३ लाख ९६ हजार कित्ता सेयर साधारणमा परिणत हुनेछ ।

बीमा ऐन अनुसार बीमा कम्पनीको पूँजी कोष अनुपात संस्थापक सेयर न्युनतम ५१ प्रतिशत र सर्वसारधारणतर्फ अधिकतम ४९ प्रतिशत पुर्याउन पाउने व्यवस्था अनुसार नै संचालक समतिले आफ्नो सेयर संरचना परिवर्तन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL