Logo

साताभर ९१ करोडको मात्र सेयर कारोबार, परिसुचक पनि घट्यो

साताभर ९१ करोडको मात्र सेयर कारोबार, परिसुचक पनि घट्यो



काठमाडौं । यो साता सेयर बजारमा नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो लागेका छन् । लामो समयदेखि वियरिस ट्रेण्ड समातेको सेयर बजारमा यो हप्ताभर १ अर्ब रुपैयाँको कारोबार हुन सकेन ।

साताको ५ दिन सेयर कारोबार भएकोमा जम्मा ९१ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । जसमा १ सय ८१ कम्पनीको सेयर कारोबार भएका छन् । कुनै समय दैनिक १ अर्ब रुपैयाँ माथीको सेयर कारोबार हुने बजारमा यो हप्ताभरमा १ अर्ब पुग्न सकेन ।

यो साता नेप्से परिसुचक घट्दै १ हजार १ सय ८० अंकमा झरेको छ । साताभर कुनै पनि कम्पनीको सेयर कारोबार उच्च हुन सकेन । तर, बजारमा सबैभन्दा बढि प्रोग्रेसिभ फाइनान्सको संस्थापक सेयरको कारोबा बढि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL