Logo

नेपालमा भित्रियो ओप्पोको नयाँ फोन, बजार मूल्य १९ हजार ५ सय

नेपालमा भित्रियो ओप्पोको नयाँ फोन, बजार मूल्य १९ हजार ५ सय



काठमाडौं । मोबाइल फोन निर्माता कम्पनी ओप्पोले नेपालमा आफ्नो नयाँ मिड–रेञ्ज क्यामेरा फोन–एथ्रीएस सार्वजनिक गरेको छ ।

ओप्पोले ल्याएको फोन एथ्रीएसमा १३ प्लस २ एमपी डुअल रियर क्यामेरा र ८ एमपीएआई इनेबल्ड फ्रण्ट क्यामेरा रहेको छ । जसले तस्विरमा उत्कृष्ट देखाउन एआई ब्यूटी प्रविधि समेत रहेको ओप्पोले जानकारी दिएको छ ।

२ जीबी र्याम र १६ जीबी मेमोरी, क्वालकम स्न्यापड्रागन ४५० ओक्टा कोर प्रोशेसर र ४ हजार २ सय ३० एमएएच ब्याट्री रहेको सो मोबाईलको बजार मूल्य १९ हजार ४ सय ९० रुपैयाँ रहेको छ ।

बजारको माग अनुसार नै ‘डुअल क्यामेरा सेटअप, सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री जडित ओप्पोले एथ्रीएस ल्याएको ओपोका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले जानकारी दिए ।

एथ्रीएसमा ६ दशमलब २ ईञ्च फुल नोच स्क्रिन र ८८ दशमलब ८ प्रतिशत हाई रेसियो स्क्रिन राखीएको छ ।

फोनमा स्क्रिन रेसियो मिलाउनका लागि कम्पनीले बोर्डर १६ प्रतिशतले पातलो बनाउँदै २ दशमलब ०५ एमएममा पातलो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL