Logo

धर्मराउँदै घट्न थाल्लो नेप्से, संस्थापक सेयर खरिदबिक्रीले तन्कियो कारोबार

धर्मराउँदै घट्न थाल्लो नेप्से, संस्थापक सेयर खरिदबिक्रीले तन्कियो कारोबार



काठमाडौं । केही समययता लगातार ओरालो लागेको नेप्से परिसुचक क्रमिक रुपमा घट्न सुरु गरेको छ । बजार खुलेको केही समय सामान्य बढेपनि अन्तमा नप्से परिसुचक धर्मराउँदै घटेको छ ।

सोमबार पनि बजार खुलेको केही समय उकालो लागेको नेप्से परिसुचक अन्तमा सामान्य घट्न पुगेको छ । अन्तमा नेप्से परिसुचक १ हजार १ सय ८९ अंकमा झरेर अडिएको छ ।

बजारमा नेप्से परिसुचक घट्दा पनि प्रोगेसिभ फाइनान्सको संस्थापक सेयरको खरिदबिक्री हुँदा कारोबार रकम बढ्न पुगेको छ । प्रोगेसिभको २ करोड ४३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री हुँदा बजारमा कारोबार रकम १९ करोड रुपैयाँ पुगेको छ ।

बजारमा प्रायजसो समुहको परिसुचक ओरालो लागेका छन् । तर, कुनै पनि समुहको परिसुचक २० अंकभन्दा तलमाथी भएन । जसमा सबैभन्दा बढि जीवन बीमा समुहको परिसुचक १७ अंकले घट्न पुग्यो । बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक भने १ दशमलव २३ अंकले बढेको छ ।

दिनभर कुल १ सय ४८ कम्पनीको ७ लाख ९६ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL