Logo

सुरु हुँदै हुण्डाई एक्सचेन्ज योजना, १ लाख ५० हजारसम्मको बोनस सुविधा

सुरु हुँदै हुण्डाई एक्सचेन्ज योजना, १ लाख ५० हजारसम्मको बोनस सुविधा



काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई एक्सचेन्ज योजना सुरु गर्ने भएको छ ।

कम्पनीले आफ्ना ग्राहकको लागि देशभर बिहीबारबाट उक्त योजना सुरु गर्न लागेको हो । योजना  बिहीबारदेखि आइतबारसम्म ४ दिन चल्नेछ । कम्पनीका अनुसार सो योजना विहान १० बजेदेखि बेलुका ६ बजेसम्म चल्नेछ ।

कम्पनीले उक्त योजनामार्फत बीमा, स्पट एक्सचेन्ज तथा २० हजारसम्मको लोयल्टी बोनस र १ लाख ५० हजारसम्म एक्सचेन्ज बोनस लगायतका सुविधा रहेका छन ।

योजना अन्तरगत ४ बर्षको निशुल्क सेवा तथा ३ बर्षको वारेन्टी पनि प्रदान गरिने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
साथै टेस्ट ड्राइभमा सहभागीमध्ये ४ जनालाई लक्की ड्रमार्फत कुलप्याड स्मार्टफोन प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL