Logo

ओप्पोले सार्वजनिक गर्दै मिड रेन्जयुक्त नयाँ स्मार्टफोन, यस्ता छन विशेषता

ओप्पोले सार्वजनिक गर्दै मिड रेन्जयुक्त नयाँ स्मार्टफोन, यस्ता छन विशेषता



काठमाडौं । मोबाईल फोन ब्रान्ड ओप्पोले नेपाली बजारमा आफ्नो मिड रेन्जयुक्त नयाँ स्मार्टफोन ‘एथ्रीएस’ सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले सुपर फुल नोच सहित ६ दशमलव २ ईञ्च स्क्रिन भएको उक्त स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।

कम्पनीका अनुसार उक्त स्मार्टफोनमा डुअल क्यामेरा सेटअप, नोच सहितको सुपर फुल स्क्रिन डिस्प्लेका साथै ८८ दशमलव ८ प्रतिशत हाई–रेसियो स्क्रिन लगायत हाई एण्ड फिचर्सपनि समाहित गरिएको कम्पनीले जानकारी दिएको छ ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले फोनमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिनुका साथै २ जीबी ¥याम र १६ जीबी रोम उपलब्ध गराइएको छ ।

उक्त फोनमा १३ एमपी प्लस २ एमपी डुअल रियर क्यामेराका साथै ८ एमपी सेन्सरको पनि व्यवस्था गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL