Logo

आजदेखि दोलखाका स्थानीयलाई तामाकोशीको सेयर, यी हुन काठमाडौंबाट आवेदन दिन सकिने स्थान

आजदेखि दोलखाका स्थानीयलाई तामाकोशीको सेयर, यी हुन काठमाडौंबाट आवेदन दिन सकिने स्थान



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि स्थानीय वासिन्दाका लागि सेयर बिक्री खुला गरेको छ । आयोजनाले आयोजना प्रभावित क्षेत्रका दोलखाली जनताका लागि आजदेखि १ करोड ५ लाख कित्ता प्राथमिक सेयर बिक्री खुला गरेको हो ।

आयोजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषका अनुसार दोलखाका स्थानीय बासिन्दाले न्युनतम ३० कित्तादेखि अधिकतम ३ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरमा हितग्राही खाता नभएपनि आवेदन दिन सकिने छ ।

धितोपत्र बोर्डले सार्वजनिक निष्काशनका लागि अनिवार्य रुपमा सिआस्वा गरेपनि सो आयोजनाले स्थानीय बासिन्दालाई बिक्री गर्न लागिएको सेयरमा सो नियम लागू गरिएको छैन । सोका लागि दोलखा जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र आयोजनाको कार्यालयबाट आवदेन दिन पाइने छ भने काठमाडौंबाट पनि आवेदन दिन सकिने छ ।

काठमाडौका लागि सनराइज क्यापिटल कमलपोखरी, सनराइज बैंकका, शाखा कार्यालयहरु न्यूरोड, भक्तपुर, कालिमाटी, चावहिल, गोठाटार, तीनकुने, शंखमुल, बौद्ध र कलंकीबाट सेयर आवेदन दिन सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL