Logo

नेपाल चीन एक्स्पो २०१८ आयोजना हुँदै, प्राथमीकतामा हस्तकला र लत्ताकपडा

नेपाल चीन एक्स्पो २०१८ आयोजना हुँदै, प्राथमीकतामा हस्तकला र लत्ताकपडा



काठमाडौं । अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजले नेपाल चीन एक्स्पो २०१८ आयोजना गर्ने भएको छ । संस्थाले असोज १९ देखि २३ गतेसम्म पाँच दिने एक्स्पो काठमाडौंमा आयोजन गर्ने भएको हो ।

चीन र नेपालबीचको सांस्कृतिक र व्यवसायिक सम्बन्ध विकास गर्ने उद्देश्यले उक्त एक्स्पो गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

उक्त एक्स्पोको माध्यमबाट चीनले अघि सारेको वन बेल्ट वन रोडले (ओबिओआर) बाट नेपालमा पर्यटन, कृषि, उर्जा, उद्योग र पूर्वाधार विकासमा प्रशस्त लाभ लिन सकिने सम्भावनालाई समेत मध्यनजर गर्दै त्यसमा सकारात्मक योगदान पुग्ने आयोजकको भनाई छ ।

ऐतिहासिक कला, संस्कृति, सम्पदाको जीवन्त संग्रहालयको रुपमा रहेको ललितपुरको पाटन दरबार क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाएर सो मेला गर्न लागिएको हो ।

मेलामा करिव १ सय स्टलहरु रहने छन । नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्री र चीनमा उत्पादन हुने कपडा, जुत्ता, बालबालिकाहरूको निम्ति ज्ञानवद्र्धक, मनोरञ्जन दिलाउने सामग्री, स्टेशनरी, दैनिक अत्यावश्यक उपकरण र हार्डवेयर, स्पोर्टिङ उपकरण र विभिन्न प्रविधिहरु मेलामा प्रदर्शनी र बिक्रीका लागि राखिने आयोजकले जानकारी दिएको छ ।

मेला अवधिभर ललितपुरका मूर्त, अर्मूत संस्कृतिको जीवन्त प्रदर्शनी गरिने पनि आयोजकले बताएको छ । आयोजकले करिब २ लाख अवलोकन कर्ताले मेलाको अवलोकन गर्ने अनुमान राखेको छ । ।

प्रतिक्रिया दिनुहोस्
MBL