Logo

नेपाल बैंकको नाफमा सामान्य बृद्धि, गत आबमा कमायो ३ अर्ब ११ करोड

नेपाल बैंकको नाफमा सामान्य बृद्धि, गत आबमा कमायो ३ अर्ब ११ करोड



काठमाडौं । नेपाल बैंक लिमिटेडले आर्थिक बर्ष २०७४/७५ मा ३ अर्ब ३९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आज गत आबको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आबको तुलनामा आफ्नो नाफामा ९ प्रतिशतले नाफा बढाएको जानकारी दिएको छ ।

बैंकले ब्याज आम्दानीमार्फत उच्च रकम संकलन गरेपनि संचालन खर्च पनि बढि हुँदा नाफामा उल्लेख्य प्रगति गर्न सकेन । सो अबधि सम्ममा बैंकले ९९ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७९ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यसैगरी बैंकको जगेडा कोषमा ६ अर्ब ८० करोड रुपैयाँ छ । सो अबधिमा बैंकले आफ्नो खराब कर्जा उठौतीमा पनि सुधार गरेको छ । गत आबमा बैंकले आफ्नो खराब कर्जा ३ दशमलव ३२ प्रतिशतबाट घटाएर २ दशमलव ९ प्रतिशतमा झारेको छ ।

बैंकको प्रति सेयर आम्दानी ४२ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL