Logo

अशोक लेलेण्डको मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर, आकर्षक छुट उपलब्ध

अशोक लेलेण्डको मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर, आकर्षक छुट उपलब्ध



काठमाडौ । नेपालका लागि अशोक लेलैण्ड गाडीको आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’ ल्याएको छ । कम्पनीले देशभरका १३ आउटलेट्सहरुमा लागु हुने गरी उक्त अफर ल्याएको हो ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले फ्रि चेकअप क्याम्प सेवा पाउनुका साथै स्पेयर पाटर््समा ५ प्रतिशत, ल्युबमा १० प्रतिशत, लेबर शुल्क ३० प्रतिशत तथा च्यासिस ग्रीजिंगमा ३० प्रतिशत छुट उपलब्ध गराउने भएको हो ।

फ्रि चेकअप क्याम्पको बेला ग्राहकहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन पनि सक्नेछन् ।
यस योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ ।
यो योजना नेपालभर साउन २ गतेदेखि साउन ११ सम्म मात्र लागु हुने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL