Logo

सरकारले सेयरबाट ९५ करोड पूँजीगत लाभकर मुमायो, कारोवार ४० प्रतिशतले गिरावट

सरकारले सेयरबाट ९५ करोड पूँजीगत लाभकर मुमायो, कारोवार ४० प्रतिशतले गिरावट



काठमाडौं । सरकारले आर्थिक बर्ष २०७४/७५ मा सेयर कारोबारबाट आउने पूँजीगत लाभकर बापत ठूलो रकम गुमाएको छ । आब २०७३/७४ मा सरकारले सेयर कारोबारमार्फत १ अर्ब ४३ करोड रुपैयाँ पूँजीगत लाभकर उठाएकोमा गत आबमा ४८ करोड रुपैयाँमात्र संकलन गर्न सफल भएको नेपाल स्टक एक्स्चेञ्जले जानकारी दिएको छ ।

सरकारले सेयर कारोबारबाट उठाउने पूँजीगतलाभकर बापत अधिल्लो आर्थिक बर्षको तुलनामा ६६ प्रतिशत अर्थात ९५ करोड रुपैयाँ गुमाएको छ । गत आर्थिक बर्षमा लगातार सेयरको मूल्यमा गिरावट आएसँगै पूँजीगत लाभकर घटेको हो ।

गत आर्थिक बर्षमा नेप्से परिसुचक करिब २४ प्रतिशतले घटेको थियो भने बजार पूँजीकरणमा सवा ४ अर्बको गिरावट आएको थियो । आर्थिक बर्ष २०७३/७४ को अन्तमा १ हजार ५ सय ९२ दशमलव ६७ अंकमा रहेको नेप्से परिसुचक गत आर्थिक बर्षका अन्तिम दिन अर्थात सोमबार १ हजार २ सय १२ अंकमा झरेको थियो । बर्षभरी समग्र नेप्से परिसुचकमा ३ सय ८० अंकले घटेको छ ।

बजारमा बढ्दो सेयरको फ्लो, उच्च बैंक ब्याजदर तथा लगानीयोग्य पूँजी अभावका कारण बजार घटिरहेको सम्बद्ध लगानीकर्ताहरुको गुनासो छ । यसैगरी सेयर बजारका सम्बन्धमा सरकारको अस्थिर नीतिका कारण पनि बजारमा नकारात्मक प्रभाव पर्न गएको छ ।

अघिल्लो आर्थिक बर्षको अन्तिम दिन कुल १८ अर्ब ५६ रुपैयाँ बराबरको बजार पूँजीकरण रहेको नेप्से गत आबको अन्तिम दिन आईपुग्दा १४ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ । सो अबधिमा बजार पूँजीकरण ४ खर्ब २१ अर्ब रुपैयाँले घट्न पुगेको छ ।

गत आबमा सेयर कारोबारमा पनि ४० प्रतिशतले गिरावट आएको छ । अधिल्लो अबमा कुल २ खर्ब ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा गत आबमा जम्मा १ खर्ब २१ अर्ब रुपैयाँको मात्र सेयर कारोबार हुन पुग्यो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL