Logo

बुटवल पावर र एनएमबीपछि नेपाल बैंकलाई एफपीओ बिक्री गर्न कठिन हुँदै, ९ दिनमा उठ्ला साढे ४ अर्ब ?

बुटवल पावर र एनएमबीपछि नेपाल बैंकलाई एफपीओ बिक्री गर्न कठिन हुँदै, ९ दिनमा उठ्ला साढे ४ अर्ब ?



काठमाडौं । पछिललो समय अनावश्यक रुपमा मूल्य निर्धारण गर्दै फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गरेका बैंक वित्तीय संस्थालाई उक्त एफपीओ बिक्री गर्न समस्या भएको छ ।

केही समय बुटवल पावर र एनएमबी बैंकलाई तोकिएको समयमा एफपीओ बिक्री गर्न कठिन भएको थियो । सोही समस्या अलिहे नेपाल बैंकको एफपीओमा देखा परेको छ ।

नेपाल बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबारसम्ममा जम्मा १३ हजार ग्राहकले एफपीओ खरिदका लागि आवेदन दिएका छन् । उनीहरुबाट ३९ करोड ७२ लाख रुपैयाँ बराबरको एफपीओ खरिदका लागि मात्र आवेदन परेको हो ।

बैंकले कुल १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको हो । उक्त एफपीओ बिक्रीबाट नेपाल बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नुपर्ने छ । तर, एफपीओ बिक्रीका लागि ९ दिनमात्र समय बाँकी रहँदा जम्म ३९ करोड ७२ लाख रुपैयाँ मात्रको बिक्री हुँदा बाँकी एफपीओ बिक्री गर्न समस्या पर्ने देखिएको छ ।

बैंकले प्रति किक्ता प्रिमियम सहित २८० रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो । उक्त एफपीओ बिक्रीको म्याद यहि साउन १३ गतेसम्म मात्र रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL