Logo

नीति र सरकारबाट ठगिएका सेयर लगानीकर्ता प्रविधिबाट पनि ठगिँदै, १७ करोडमै खुम्चियो कारोबार

नीति र सरकारबाट ठगिएका सेयर लगानीकर्ता प्रविधिबाट पनि ठगिँदै, १७ करोडमै खुम्चियो कारोबार



काठमाडौं । कहिले नीतिगत अस्पष्ठता कहिले पूँजी बजारको सम्बन्धमा सरकारबाट चालिने नयाँ कदमबाट प्रभावित बन्दै आएको सेयर बजार पछिल्लो समय प्रविधिबाट पनि ठगिन पुगेको छ । कहिले सरकारबाट चालिएको पूँजीगत लाभकर तथा कहिले सेयर खरिदबिक्रीमा मूल्य अभिबृद्धि करजस्ता विवादित विषयबाट प्रभावित भइरहेको सेयर बजार समय समयमा प्रविधिबाट प्रभावित हुँदै आएको छ ।

नेपाल स्ष्टक एक्स्चेञ्जले सेयर बजारलाई सहज र गाउँगाउँसम्म पुर्याएर सहजै खरिदबिक्री गर्न सक्ने व्यवस्था सहित अनलाईन ट्रेडिङको सुवात गरेपनि नेप्सेले प्रयोग गर्ने सफ्टवेयरमा समस्या देखिँदा लगानीकर्ताहरु प्रभावित बन्न पुगेका छन् ।साउन १ गेतदेखि अनलाईन टे«ेडिङको सुरुवात गरेपनि आज नेप्सेको वेबसाईटमा समस्या आउँदा सेयर कारोबारमा प्रभाव पर्न गएको छ ।

सेयर कारोबार खुलेको २ घण्टासम्म नेप्सेको वेबसाईट नखुल्दा बजारमा कारोबार रकम घटेर १७ करोड ५३ लाख रुपैयाँमा खुम्चिन पुग्यो । १५ लाख भन्दा बढि लगानीकर्ता र १४ खर्ब रुपैयाँभन्दा बढिको पूँजीकरण भएको बजारमा नेप्सेको लापरबाहीका कारण पटक पटक प्राविधिक समस्या आउँदा लगानीकर्ताहरु समस्यामा परेका छन् ।

कहिले नेप्सेको मुख्य सर्भरमा समस्या कहिले वेवसाईटमा ट्रेडिङ डेटा नदेखाउनेजस्ता समस्याले गर्दा बजार प्रभावित बन्न पुगेको छ । सोही अनुरुप आज नेप्सेको वेबसाईटमा ट्रेडिङ डेटा नदेखाउँदा लगानीकर्ताहरु अन्यौलमा परे । नेप्सेको वेबसाईटमा डेटा नदेखाउँदा कारोबार खुलेको २ घण्टासम्ममा जम्मा ४ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको थियो । आन्तरिक रुपमा मात्र कारोबार हुँदा लगानीकर्ताले सहजै अनलाईन ट्रेडिङ गर्न नपाउँदा त्यसको असर सेयर कारोबार रकममा पर्न गएको हो । तर नेप्सेको वेबसाईटमा ट्रेडिङ डेटा देखाएको पछिल्लो २ घण्टामा भने थप १३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

बजारमा कारोबार रकम घट्नुका साथै नेप्से परिसुचक पनि साढे ५ अंकले घट्न पुग्यो । बुधबार फाइनान्स बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा बीमा समुहको परिसुचक ६० अंकभन्दा बढिले घट्दा अन्य समुहको परिसुचक भने २० अंकभन्दा कम नै घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL