Logo

नेप्सेको अनलाईन ट्रेडिङ : वेबसाईट ह्याङ, आन्तरिक रुपमा कारोबार

नेप्सेको अनलाईन ट्रेडिङ : वेबसाईट ह्याङ, आन्तरिक रुपमा कारोबार



काठमाडौं । साउन १ गतेदेखि अनलाईन कारोबार गर्दै सेयर खरिदबिक्रीलाई सहज बनाएको नेपाल स्टक एक्स्चेञ्जको वेबसाईट नै ह्याङ भएको छ ।

लगानीकर्तालाई सहज र पारदर्शी रुपमा सेयर कारोबार गराउनका लागि अनलाईन ट्रेडिङ कार्यान्वयनमा ल्याएको नेप्सेको वेबसाईट नै नचल्दा सेयर लगानीकर्ताहरु अन्यौलमा परेका छन् ।

नेप्सेको वेबसाईटमार्फत मार्केट डेप्थ हेरेर सेयर कारोबार गर्ने लगानीकर्ताहरु उक्त वेबसाईट नै नचल्दा मर्कामा परेका छन् ।

नेप्सेको वेबसाईट नचलेपनि सेयर कारोबार भने भइरहेको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए । ‘प्राविधिक कारणले गर्दा नेप्सेको वेबसाईट नचलेको हो,’ उनले भने, ‘तर, नेप्सेमा सेयर कारोबार भने भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL