Logo

नयाँ आर्थिक बर्षको पहिलो दिनमै नेप्सेमा गिरावट, कारोबार रकम पनि खुम्चियो

नयाँ आर्थिक बर्षको पहिलो दिनमै नेप्सेमा गिरावट, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । नयाँ सरकार गठनसँगै उच्च रुपमा ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचक नयाँ बर्षको पहिलो दिन पनि करिब दोहोरो अंकले गिरावट आएको छ । बजार खुलेको केही समय उकालो लागेको नेप्से परिसुचक त्यसयता ओरालो लाग्दै अन्तमा ८ अंकले घट्न पुगेको छ ।

मंगलबार बजारमा प्रायःजसो समुहको परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ओरालो लागेको छ । जसमा निर्जीवन बीमा समुहको परिसुचक ८७ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक ७४ अंकले ओरालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक करिव ५ अंकले घट्दा विकास बैंक ८, माइक्रो फाइनान्स समुहको परिसुचक १३, जलविद्युत ३९ र उत्पादनमुलक समुहको परिसुचका ३५ अंकले घट्न पुगेको छ ।

बजारमा नेप्से परिसुचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर जम्मा २० करोड ६० लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ५२ कम्पनीको ५ लाख १४ कित्ता सेयर कारोबार भए । मंगलबार नविल बैंकको सबैभन्दा बढि ५ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा अन्य कम्पनीको १ करोड रुपैयाँ पुग्न सकेन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL