Logo

क्लोजिङको असर नेप्सेमा, कारोबार रकम १९ करोडमा सिमित

क्लोजिङको असर नेप्सेमा, कारोबार रकम १९ करोडमा सिमित



काठमाडौं । आर्थिक बर्षको अन्त्य हुँदै जाँदा सेयर बजारमा कारोबार रकममा गिरावट आएको छ । साताको पहिलो अर्थात आर्थिक बर्षको अघिल्लो दिन सेयर बजारमा जम्मा १९ करोड ३८ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ ।

आर्थिक बर्षको अन्त्यका कारण लगानीकर्ताहरुमा क्लोजिङको चापका कारण बजारमा कारोबार रकम खस्किएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । बजारमा सेञ्चुरी कमर्सियल बैंकको संस्थापक सेयर बाहेक अन्य कुनै पनि कम्पनीको १ करोड रुपैयाँभन्दा माथिको कारोबार हुन सकेन ।

आईतबार दिनभर तलमाथी भएको बजार अन्तमा ८ दशमलव ११ अंकले बढ्न पुगेको छ । जसमा फाइनान्स बाहेक अन्य सबै समुहका परिसुचक उकालो लागेका छन् ।

बजारमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ४४ अंकले बढ्दा होटल ४० अंकले उकालो लाग्यो । यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ७ दशमलव ८५ अंकले उकालो लागेको छ । तर अन्य समुहका परिसुचक भने सामान्य रुपमा उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL