Logo

गोर्खा चेम्बर अफ कमर्श गठन, भाइचन्द्र श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति

गोर्खा चेम्बर अफ कमर्श गठन, भाइचन्द्र श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले गोर्खा चेम्बर अफ कमर्शको स्थापना गरेको छ । चेम्बरले आफुलाई प्रादेशिक र स्थानीय ढाँचामा लैजाने उद्देश्य अनुरुप गोर्खा चेम्बर अफ कमर्शको गठन गरिएको चेम्बरका प्रचारप्रसार विभाग प्रमुख सन्तोकुमार पाण्डेले जानकारी दिए ।

चेम्बरले देशभरका उद्योगी व्यवसायीलाई एकिकृत गरी उनीहरुको व्यवसायको प्रवद्र्धन र सम्बद्र्धन गर्ने उद्देश्य अनुरुप जिल्ला जिल्लामा शाखा विस्तार गर्दै आएको छ,’ उनले भने, ‘सोही अनुरुप हामीले गोर्खा जिल्लामा पनि विधिवत रुपमा गोर्खा चेम्बरको स्थापना गरेका हौं ।’

 

चेम्बरले भाइचन्द्र श्रेष्ठको नेतृत्वमा २७ सदस्यी कार्यसमिति गठन गरेको हो । जिल्लामा रहेका घरेलू, साना, ठूला तथा मझौला सबै किसिमका व्यवसायीलाई मसेटेर अघि बढ्का लागि गोर्खा चेम्बर अफ कमर्शको गठन गर्नु परेको गोर्खा चेम्बरका नव नियुक्त अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए । ‘अहिले जिल्लामा अरु पनि व्यवसायी संघसंस्था छन्,’ उनले भने, ‘ती संस्थाले कसैलाई पाखा कसैलाई काखा गरेका कारण सबैलाई समान तरिकाबाट समेटेर लैजानका लागि चेम्बरको स्थापना भएको हो ।’

चेम्बले अबका दिनमा उद्योगी व्यवसायीका समस्या समाधान गर्नुका साथै उनीहरुलाई व्यवसाय विविधिकरणमा समेत सहयोग गर्ने श्रेष्ठको दावी थियो । ‘चेम्बरले अबमा दिनमा गोर्खा जिल्ला भित्र व्यवसायीका हकहित प्रवद्र्धनका साथै व्यवसायीलाई आवश्यक पर्ने शीप विकास तालीम संचालन गर्नेछ,’ उनले भने, ‘जसले गर्दा जिल्ला भित्र व्यवसाय गर्न चाहने नयाँ उद्यमीहरुलाई पनि ठूलो सहयोग गर्नेछ ।’

पछिल्लो समय राज्य कर लगायत विभिन्न बाहनामा जिल्ला भित्र उद्योगी व्यवसायीलाई दुःख दिइरहेको जानकारी दिँदै त्यसलाई पनि राज्यसँग आपसी छलफलबाट टुङ्गो लगाउन चेम्बरले सहयोग गर्ने समेत श्रेष्ठको भनाई थियो । साथै राज्यको कर प्रणाली अनुरुप व्यवसायीहरुलाई अपडेट गराउनका लागि सोही अनुरुपमा तालीम तथा गोष्ठीहरु आयोजना गरिने उनले जानकारी दिए ।

प्रदेश नम्बर ४ का प्रवक्ता तथा भौतिक योजना मन्त्री रामशरण वस्नेतको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर आफ कमर्श भन्सार विभाग प्रमुख निरज राई, प्रचारप्रसार विभाग प्रमुख सन्तोषकुमार पाण्डे, जिल्लाका उच्च पदस्थ कर्मचारी र व्यवसायीहरुको सहभागिता रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL