Logo

सेयर बजारमा मौद्रिक नीतिको असर, दोहोरो अंकले ओरालो लाग्यो परिसुचक

सेयर बजारमा मौद्रिक नीतिको असर, दोहोरो अंकले ओरालो लाग्यो परिसुचक



काठमाडौं । सरकारको बजेट भाषणपछि ओरालो लागेको नेप्से परिसुचकले मौद्रिक नीति पछि पनि सोही बाटो पच्छ्याएको छ ।

मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयरमा लगानी गर्ने सीमा घटाएसँगै त्यसको असर लगानीकर्तामा पर्न गएको हो । सेयर बजारलाई बजेटले कडाई गरेसँगै तर्सिएका लगानीकर्ता मौद्रिक नीतिले अझ बढि त्रसित बनाएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

मौद्रिक नीतिसँगै तर्सिएका लगानीकर्ताले साताको अन्तिम दिन अर्थात नीति आएको भोलीपल्ट घाटा खाएर सेयर बिक्री गरेका छन् । बिहीबार बजार खुलेको केही समय सामान्य उकालो लागेको नेप्से परिसुचक अन्तमा १३ दशमलव ६५ अंकले घट्न पुग्यो ।

बजारमा उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक १ सय अंकले ओरालो लागेको छ । यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक साढे १० अंकले घट्दा लघुवित्त समुहको परिसुचक ३६ अंकले ओरालो लागेको छ ।

यसैगरी विकास बैंक समुहको परिसुचक १९ अंकले घट्दा होटल ३७ र जलविद्युत २१ अंकले ओरालो लागेको छ । बजारमा दिनभर कुल ४५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा १ सय ६३ कम्पनीको १६ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । बिहीबार सबैभन्दा बढि लक्ष्मी बैंकको साढे करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL