Logo

फर्नेक्स एण्ड फर्निसिङ एक्स्पो २०१८ भदौ १४ गते देखी, मेलामा कुनै कारोबार नहुने

फर्नेक्स एण्ड फर्निसिङ एक्स्पो २०१८ भदौ १४ गते देखी, मेलामा कुनै कारोबार नहुने



काठमाडौं । भदौ १४ गते देखी १८ गते सम्म ‘फर्नेक्स एण्ड फर्निसिङ एक्स्पो २०१८’ हुने भएको छ ।

भदौ १४ गते दखी सुरु हुने उक्त मेलामा स्वदेशी तथा विदेशी गरी करिब १ सय स्टल रहने फनिचर एण्ड फर्निसिङ संघका अध्यक्ष राजेश कुमार अग्रवालले जानकारी दिएका छन ।

अध्यक्ष अग्रवालले वार्षिक करिब ३० अर्ब रुपैयाँको कारोबार हुँदै आएको फर्नेक्स एण्ड फर्निसिङमा करिब ६० प्रतिशत कच्चा पदार्थ आयात भएको बताएका छन ।

फर्नेक्स एण्ड फर्निसिङमा ३ वटा कार्पेट उद्योग नेपालमा नै रहेको र तत्कालै अर्को कार्पेट उद्योग आउन लागेको समेत जानकारी दिएका छन ।

काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त मेलामा अफिस फर्निचर, किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फनिचर, इण्टेरियर डिजाईनर, कार्पेट, मार्वल, रङ्ग रोगन विषेश रहने आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीमा फर्निचरको उपयोगिता, प्रयोग विधि तथा बनोटका विषयमा समेत अवलोकन कर्तालाई जानकारी दिने भएको छ ।

५ दिन सम्म चल्ने उक्त मेलामा करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अपेक्षा रहे पनि मेलामा कुनै पनि कारोबार नगर्ने जानकारी दिएका छन ।

मेलामा विद्यार्थीलाई निशुल्क प्रवेश तथा आमन्त्रित संघ संस्थालाई समेत निशुल्क प्रवेशको ब्यवस्था गरेको छ भने अन्यलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकेको अध्यक्ष अग्रवालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL