Logo

डिश मिडियाको अध्यक्षमा ढकाल चयन, प्रवन्ध निर्देशकमा आचार्य

डिश मिडियाको अध्यक्षमा ढकाल चयन, प्रवन्ध निर्देशकमा आचार्य



काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड को संचालक समितिको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन । शुक्रबार आयोजित एक बैठकमा उनलाई उक्त पदमा नियुक्त गरिएको हो ।

यसका साथै उक्त बैठकले कम्पनीको प्रवन्ध निर्देकमा सुदिप आचार्यलाई नियुक्त गरेको छ ।

अध्यक्ष हेमराज ढकाल आईएमई समुहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसाय संग आवद्ध छन ।

यसका साथै प्रवन्ध निर्देशक सुदिप आचार्य कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष पनि हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL