Logo

बजारमा दैनिक कारोबार २० करोडबाट ओरालो लाग्यो, कुनै पनि कम्पनीको कटेन १ करोडको कारोबार

बजारमा दैनिक कारोबार २० करोडबाट ओरालो लाग्यो, कुनै पनि कम्पनीको कटेन १ करोडको कारोबार



काठमाडौं । पछिल्लो समय दैनिक रुपमा ओरालो लागेको सेयर बजारमा कारोबार रकम एकदमै न्युन हुँदै गएको छ । केही समययता लगातार ओरालो सेयर कारोबार सोमबार अझै सुस्ताएको छ ।

बजार खुलेको १ घण्टामा १ करोड रुपैयाँको मात्र कारोबार भएकोमा अन्तिम समयसम्म आईपुग्दा १८ करोड ५१ लाख रुपैयाँको मात्र भएको छ । सोमबार कुनै पनि कम्पनीको सेयर कारोबार १ करोड रुपैयाँको सेयर हुन सकेन ।

दिनभर बजार करिब दोहोरो अंकले ओरालो लागेको छ । सोमबार बजार खुलेदेखि नै ओरालो लागेको बजार अन्तिममा ९ दशमलव ७२ अंकले घट्न पुग्यो ।

बजारमा उत्पादनमुलक र होटल बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ८० अंकले घट्न पुगेको छ भने विकास बैंक १० र लघुवित्त समुहको परिसुचक १३ दशमलव ७५ अंकले घट्न पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL