Logo

साताको पहिलो दिन नेप्से सामान्य उकालो, कारोबार रकमले दिएन साथ

साताको पहिलो दिन नेप्से सामान्य उकालो, कारोबार रकमले दिएन साथ



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक सामान्य उकालो लागेको छ । बजार खुलेसँगै सामान्य ओरालो लागेको बजारमा २ बजेको आसपासमा आईपुग्दा झण्डै दोहोरो अंकको बृद्धि समात्न पुगेको थियो । तर, त्यसपछि पुनः ओरालो लाग्दै अन्तमा १ दशमलव ३५ अंकले मात्र बढ्न पुगेको छ ।

आईतबार बजारमा कुनै पनि समुहका परिसुचकमा ठूलो अंकको उचारचढाव आएन । बजारमा सबैभन्दा बढि बीमा समुहको परिसुचक २३ अंकले बढ्न पुगेको छ भने उत्पादनमुलक समुहको परिसुचक १२ अंकले बढेको छ । यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १ दशमलव ८९ अंकले मात्र उकालो लागेको छ ।

अन्तमा सामान्य बढेको बजारमा होटल, जलविद्युत, लघुवित्त तथा अतिरिक्त समुहको परिसुचक भने घट्न पुगेको छ ।

आईतबार बजार केही मात्रामा बढेपनि कारोबार रकममा भने सुधार आएको छैन । दैनिक ५०÷६० करोड रुपैयाँको सेयर कारोबार हुने बजारमा आज २० करोड ९३ लाख रुपैयाँको मात्र खदिबिक्री भएको छ । जसमा १ सय ६७ कम्पनीको ७ लाख ७० हजार कित्ता सेयर मात्र कारोबार भए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL