Logo

नाडेप लघुवित्तको आइपिओ आजदेखि खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

नाडेप लघुवित्तको आइपिओ आजदेखि खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

नापेडले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको हो । जसमध्ये २४÷२४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

हाल कम्पनीको चुक्त्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

नापेडको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । उक्त सेयरमा न्युनतम २० कित्तादेखि अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन दिन पाइनेछ ।

आजदेखि खुला भएको आईपीओमा छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । जसमा सिआस्वा प्रणालीमार्फत घरमै बसेर पनि आवेदन दिन सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL