Logo

नेप्सेमा खुम्चिदै कारोबार रकम, बजारमा उतारचढाव बढ्यो

नेप्सेमा खुम्चिदै कारोबार रकम, बजारमा उतारचढाव बढ्यो



काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा कारोबार रकम २० करोड रुपैयाँभन्दा तल नै खुम्चिएको छ । केही समय यता लगातार ओरालो लागेको कारोबार रकम बिहीबार २० करोड रुपैयाँको रेखा नाध्न सकेन ।

बजारमा दिनभर १ सय ६३ कम्पनीको ६ लाख २३ हजार कित्ता मात्र सेयर खरिदबिक्री भए । जसमा १९ करोड ६६ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

बजार खुलेसँगै ओरालो लागेको नेप्से परिसुचक दिनभर उतारचढाव हुँदै अन्तमा सामान्य बढ्न पुगेको छ । साताको अन्तिम दिन बजार बन्द हुँदा नेप्से परिसुचक शुन्य दशमलव ६२ अंकले बढ्दै १ हजार २ सय १८ अंकमा पुगेर अडिएको छ ।

बिहीबार ५ समुहको परिसुचक घट्दा ४ समुहको मात्र बढ्न पुगेको छ । बैंक, फाइनान्स र अतिरिक्त समुहको परिसुचक बढ्दा नेप्से परिसुचक सामान्य बढ्न पुगेको छ । बजारमा कुनै पनि समुहको परिसुचकमा धेरै घटबढ हुन पुगेको छैन । तर, होटल समुहको परिसुचक भने ६५ अंकले घट्न पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL