Logo

नेपालमा भित्रियो हुन्डाइको नयाँ कार, बजार मूल्य ३७ लाखसम्म

नेपालमा भित्रियो हुन्डाइको नयाँ कार, बजार मूल्य ३७ लाखसम्म



काठमाडौं । नेपालमा हुन्डाइको नयाँ गाडी भित्रीएको छ । हुन्डाइको आधिकारीक डिलर लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपालमा हुन्डाइको ‘आइ २० एक्टीभ फेसलिफ्ट २०१८’ सार्वजनि गरेको हो ।

कम्पनीले नेपालमा सार्वजनिक गरेको उक्त गाडी गत मे महिनामा भारतमा सार्वजनिक भएको थियो । समग्र डिजाइन भने पुरानै भएको उक्त गाडीमा बडी क्लेडिङ र रुफरेल्सको विशेषता भएको कम्पनीले जानकारी दिएको छ ।

साथै सो गाडीमा स्टेरिङ अनुकुलन पछाडि देखिने क्यामराका साथै पछाडिको लागि पार्किङ सेन्सर पनि रहेको छ ।

बेस र एस भेरियन्ट गरी २ भेरियन्टमा आउने उक्त गाडीको मूल्य भने क्रमशः ३३ लाख ९६ हजार र ३७ लाख ९६ हजार रहेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL