Logo

लगातार ओरालो लाग्दै नेप्से, कारोबार रकमले पनि दिएन साथ

लगातार ओरालो लाग्दै नेप्से, कारोबार रकमले पनि दिएन साथ



काठमाडौं । यो हप्ताको सुरुवातीसँगै निरन्तर ओरालो लागेको नेप्से परसुचक बुधबार पनि घट्न पुगेको छ । बुधबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ८ दशमलव ३४ अंकले घट्न पुगेको छ ।

बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ४१ अंकले घटेको छ भने जलविद्युत समुहको परिसुचक २० अंकले घट्न पुगेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ६ दशमलव ४१ अंकले घटेको छ भने विकास बैंक ७ अंकले घट्दा माइक्रोफाइनान्स समुहको परिसुचक १० अंकले ओरालो लागेको छ ।

केही दिनयता कारोबार घट्न सुरु गरेको बजारमा आजपनि ३० करोड रुपैयाँ भन्दा माथी जान सकेन । दिनभर बजारमा २७ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भए । जसमा १ सय ५६ कम्पनीको २५ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री भयो । बुधबार सबैभन्दा बढि ओम डेभलपमेन्ट बैंकको ३ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्
MBL