Logo

उकालीओराली गर्दै सामान्य बढ्यो नेप्से, ५० प्रतिशतले बढ्यो कारोबार रकम

उकालीओराली गर्दै सामान्य बढ्यो नेप्से, ५० प्रतिशतले बढ्यो कारोबार रकम



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक सामान्य उकालो लागेको छ । दिनभर उकालीओराली गरेको नेप्से परिसुचक अन्तरमा बढ्न पुगेको हो ।

बिहीबार नेप्से परिसचुक ५ दशमवल २३ अंकले उकालो लागेको छ । जसमा सबैभन्दा बढि उत्पादनमुलक समुहको परिसुचक ४९ अंकले बढ्न पुग्यो ।

यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ् समुहको परिसुचक भने सामान्य उकालो लागको छ । बैंकिङ् समुहको परिसुचक करिब ३ अंकले बढ्दा लघुवित्त १३, जलविद्युत २८ र विकास बैंक समुहको परिसुचक साढे ४ अंकले उकालो लागेको छ ।

साताको अन्तिम दिन कारोबार रकम सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० प्रतिशतले बृद्धि हुँदै करिब ३१ करोडको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ६५ कम्पनीको ९ लाख १२ हजार कित्ता सेयर मात्र कारोबार भएको छ । तर, बिहीबार कुनै पनि कम्पनीको सेयर कारोबारले २ करोड रुपैयाँ छुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL