Logo

आईएमईको १८ औं बार्षिकोत्सव, रक्तदानदेखि रचनात्मक कार्यक्रमसम्म

आईएमईको १८ औं बार्षिकोत्सव, रक्तदानदेखि रचनात्मक कार्यक्रमसम्म



काठमाडौ । आइएमइले आफ्नो १८ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

आईएमईले ‘१८औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने मुल नाराका साथ वार्षिकोत्सव मनाइएको जानकारी दिएको छ ।

१८ बर्षे कार्यकालमा आईएमईले आफ्नो परम्परागत रेमिटान्सलाई परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधि मैत्री डिजिटल रेमिटान्सको सुरु गरेको छ ।

कार्यक्रममा बोल्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पेसा प्रति इमान्दारिता हुनुपर्ने बताएका छन ।

ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले अबका दिनमा आफैले आफैसँग प्रतिश्पर्धा गर्नु पर्ने बताएका छन ।

वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका छन ।

त्यसतै फुट्सल प्रतियोगिताका विजेताहरुलाई शिल्ड, ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको छ भने कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट विभिन्न ११ विधामा उत्कृष्टता प्राप्तगर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL