Logo

असार १ गतेदेखि घरजग्गा मेला, भुकम्प पछिको नयाँ प्रडक्टको बारेमा जानकारी

असार १ गतेदेखि घरजग्गा मेला, भुकम्प पछिको नयाँ प्रडक्टको बारेमा जानकारी



काठमाडौं । असार १ गते देखी काठमाडौंमा घरजग्गा मेला हुने भएको छ ।

नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा असार १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डपमा ७ औ घर जग्गा मेला तथा हाउजीङ समिट हुन लागेको हो ।

कार्यक्रममा बोल्दै अबका दिनमा रोक्का गरिएको जग्गा कित्ताकाट खोल्न सरकार सँग आग्रह गरिएको हाउजीङको प्रालिका अध्यक्ष मिनमान श्रेष्ठले बताए ।

बर्षको एक पटकमात्र कित्ताकाट हुँदा सम्स्या हुने भएकाले कम्तिमा पनि बर्षको ३ पटक कित्ताकाट गर्न भूमिसुधार मन्त्रीलाई ज्ञापन पत्र बुझाएको उनले जानकारी दिए ।

‘हामीले यो विषयमा प्रधानमन्त्रीसँग पनि कुरा गरेका छौं,’ उलने भने, ‘यसले चाडै नै निकास पाउनेछ ।’ उनले अबका दिनमा सरकारले सस्तो ब्याजदरमा घरकर्जा दिनु पर्ने समेत बताए ।

नेपाल जग्गा तथा आवास विकास संघका संयोजक विपिन चित्रकारले मेलामा भुकम्प पछिको नयाँ प्रोडक्टमा विशेष फोकस हुने बताएका छन । साथै मेलामा स्वदेशी तथा विदेशी स्टल रहने जानकारी दिएको छ ।

७ औ घर जग्गा मेला प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने छ भने दोस्रो हाउजीङ समिट भने असार ४ गते होटल याक एण्ड यतिमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL