Logo

एसीयन पेन्ट्सले गर्यो इन्जिनीयर विद्यार्थीलाई सम्मान, पहिलो भए केईसीका निकेस

एसीयन पेन्ट्सले गर्यो इन्जिनीयर विद्यार्थीलाई सम्मान, पहिलो भए केईसीका निकेस



काठमाडौं । एसीयन पेन्ट्स नेपालले विभिन्न आर्किटेक्चर विद्यार्थीहरुलाई सम्मान गरेको छ । कम्पनीले ४ बर्षदेखि हरेक बर्ष नेपालका बास्तुशास्त्री विद्यार्थीहरुलाई प्रतिस्पर्धा गर्ने क्रममा विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

कम्पनीको यसपटकको वास्तुशास्त्र अन्तरगतको प्रतिस्पर्धामा काठमाडौं इन्जिनीयरिङ कलेजका विद्यार्थी निकेश महर्जन पहिलो भएका छन । यसका साथै कम्पनीेले द्धित्तीय हुन सफल अनिल वाइबालाई पनि सम्मान गरेको छ ।

साथै आर्किटेक्ट विषयसँग आवद्ध विभिन्न क्याम्पसका शिक्षक, विभिन्न इन्जिनीयरहरुलाई पनि कम्पनीले सम्मान गरेको छ । कम्पनीले उक्त प्रतिस्पर्धामा आवद्ध ३० जनालाइ सम्मान गर्नुका साथै सोही विषयमा पुर्व थेसिस टपर ५ जनालाई पनि सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेका त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा. त्रिरत्न बज्राचार्यले एशियन पेन्ट्सले आयोजना गरेको सम्मान कार्यक्रमले यस विषयसँग सम्बन्धीत विद्यार्थि तथा इन्जिनीयरहरुलाई हौसला मिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL