Logo

सातामा नेप्से ५ अंकले घट्यो, १ अर्वभन्दा बढीको कारोवार

सातामा नेप्से ५ अंकले घट्यो, १ अर्वभन्दा बढीको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ फागुन, काठमाडौं । यो साता नेप्से परिसुचक ५ दशमलव ०३ अंकले घटेको छ । नेप्से कारोवार भएको पहिलो दिन सोमबार वाहेक अन्य दिन नेप्से परिसुचक ओरालो लागेको थियो ।

यो साता ९ सय ८३ अंकबाट कारोवार शुरु भएको नेप्से परिसुचक अन्तिम दिन ९ सय ७८ अंकमा झरेर बसेको छ ।

साताको पहिलो दिन सोमबार ५ दशमलव २८ अंकले बढेको नेप्सेपरिसुचक अन्य दिन लगातार ओरालो लागेको थियो । मंगलबार नेप्से परिसुचक ४ दशमलव ३४ अंकले घटेको थियो भने बुधबार जिरो दशमलव ३७ अंकले घटेको थियो । यस्तै साताको अन्तिम दिन विहीबार सवैभन्दा बढी ५ दशमलव ६२ अंकले घटेको थियो ।

यो साता कारोवार रकम भने बढेको छ । साताभर कुल १ अर्व ५ करोड रुपैयाँको कारोवार भएको थियो । यो साता सोमबार र बुधबार ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको थियो । तर, अन्तिम दिन १९ करोड ७४ लाख रुपैयाँको मात्र कारोवार भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL