Logo

यामाहाले खोल्यो नुवाकोटको बट्टारमा नयाँ शोरुम, एक्सचेन्ज र फाइनान्सको सुविधा

यामाहाले खोल्यो नुवाकोटको बट्टारमा नयाँ शोरुम, एक्सचेन्ज र फाइनान्सको सुविधा



काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारीक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नुवाकोटको बट्टारमा   नयाँ शाखा संचालनमा ल्याएको छ ।

कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन जिल्ला समन्वय समिति नुवाकोटका सभापति शान्तमान तामाङले गरेका हुन ।

सो शाखाबाट विश्वस्तरीय प्रविधि जडित यामाहाका मोटरसाइकल र स्कुटरहरु पाइने कम्पनीले जानकारी दिएको छ । एमएडब्लुले त्रिशुली अटोमार्फत नुवाकोटका ग्राहकलाई थ्री एस (सेल्स, सर्भिस र स्पेयर पाट्र्स)को सुविधा सुरु गरेको हो ।

साथै कम्पनीले मोटरसाइकल र स्कुटरको खरिदमा एक्सचेन्ज र फाइनान्सको सुविधा पाइने पनि जानकारी दिएको छ । नेपाली बजारमा विभिन्न भेरियन्टका मोटरसाइकलहरु तथा स्कुटरहरु विक्री वितरण गर्दै आइरहेको कम्पनीले हालसम्म यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी ४ मोडेलमा दुइपाँग्रे सवारीसाधनहरु विक्री वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL