Logo

जस्मिन पेन्ट्सको बम्पर उपहार घमन मगरलाई, कम्पनीले दियो कार

जस्मिन पेन्ट्सको बम्पर उपहार घमन मगरलाई, कम्पनीले दियो कार



काठमाडौं । जस्मिन पेन्ट्सले संचालनमा ल्याएको ‘जस्मिन पेन्ट्सको बहार, बम्परमा कार उपहार’ योजना अन्तरगत घमन मगरलाई कार हस्तान्तरण गरिएको छ ।

जस्मिन पेन्ट्सले दशैं तिहारलाई लक्षित गरी ल्याएको सो योजना अन्तरगत कम्पनीले बैंशाख ३ गते गरेको लक्की ड्रमा मगरलाई कार उपहार परेको थियो । कम्पनीले आज एक कार्यक्रमबीच सोही कार मगरलाई हस्तान्तरण गरेको हो ।

कम्पनीले ल्याएको सो योजना अन्तर्गत झापाकी अन्जु पौडेल, नवलपरासीको सन्त बहादुर थारु र गोपाल दुबे, पोखराका रचना भुजेल र ठाकुरबाबा तथा बर्दियाकी ईन्दिरा कुमारी थारुले १÷१ थान स्कुटर प्राप्त गरिसकेका छन् ।

२ दशक अघि संचालनमा आएको मनकामना ग्रूप अन्तरगतको जस्मिन पेट्सले गुणस्तरीय रङ उत्पादन तथा बिक्री वितरण गर्र्दै आएको छ । जसको ब्राण्ड एम्बेष्डरमा मह जोडी नियुक्त भएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बजार प्रवद्र्धन सहयोग पुर्याउँदै आएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले दशै तिहारलाई लक्षित गरी ल्याएको सो कार्यक्रममा ग्राहकहरुलार्य घडी, सेल्फी स्टिक, राइसकुकर, छाता, मोबाइललगायत आकर्षक उपहार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL