Logo

सरकार र लगानीकर्ताको सहमतिसँगै नेप्सेमा सुरु भयो कारोबार, १५ दिनपछि के आउला रिपोर्ट

सरकार र लगानीकर्ताको सहमतिसँगै नेप्सेमा सुरु भयो कारोबार, १५ दिनपछि के आउला रिपोर्ट



काठमाडौं । आन्दोलनरत सेयर लगानीकर्ता र सरकारबीच वार्ताबाट सहमति भएसँगै सेयर कारोबार खुला भएको छ । सरकारले बोनस र हकप्रद सेयरमा लगाएको पूँजीगत लाभकर तत्कालका लागि स्थगित गरेसँगै बजारमा कारोबार खुलेको हो ।

सरकार र आन्दोलनरत लगानीकर्ताको सहमतिसँगै नेप्सेमा फ्रस्ट माइक्रो फाइनान्सको पहिलो सेयर कारोबार भएको छ । हिजो देखि ठप्प भएको नेप्सेमा सवा १ बजेपछि मात्रै सेयर कारोबार खुलेको हो ।

अर्थमन्त्रालयले लाभकर बारे अध्ययन गर्न अर्थमन्त्रालयका नीति ब्यवस्थापन महाशाखाका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति बनाएको छ । लगानीकर्ता समेत सम्मिलित उक्त अध्ययन समितिले १५ दिनभित्र सरकारलाई कर निर्धारणको वारेमा प्रतिवेदन बुझाउने छ । सोही आधारमा सरकारले हकप्रद र बोनस सेयरमा कर लाग्ने वा नलाग्ने भन्ने विषयमा टुङ्गो लगाउने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL