Logo

सेयर लगानीकर्ताको आन्दोलन जारी, बुधबार धितोपत्र वोर्ड घेराउ

सेयर लगानीकर्ताको आन्दोलन जारी, बुधबार धितोपत्र वोर्ड घेराउ



काठमाण्डौं । अन्दोलनरत सेयर लगानीकर्ताले बुधबार पनि सेयर कारोबार ठप्प पार्दै आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । आन्तरित राजस्व विभागले आईतबार बोनस र हकप्रद सेयरको मौजुदा औषत आधार मूल्य परिमार्जन गर्दै सो वापत पनि लाभकर लाग्ने व्यवस्था गरेसँगै आन्दोलनमा उत्रिएका लगानीकर्ताले संयुक्त विज्ञप्ती जारी गर्दै भोली पनि कारोबार नगर्ने निर्णय नगरेका हुन् ।

लगानीकर्ताहरु आन्दोलनमा उत्रिएसँगै सरकारले लाभकर बारे अध्ययन गर्न एक समिति बनाएको छ । तर, सेयर लगानीकर्ता भने उक्त समितिलाई व्यवस्था गर्दै आन्दोलनलाई जारी निर्णय गरेका हुन् ।

सरकारले लाभकर बारे अध्ययन गर्न मंगलबार अर्थमन्त्रालयका नीति ब्यवस्थापन महाशाखाका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति बनाएको छ । जसमा नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी र लगानीकर्ता रहेका छन् ।

लगानीकर्ताले मंगलबार पनि सम्पूर्ण कारोबार ठप्प पारेका थिए । सोही अनुरुप लगानीकर्ताहरुले बुधबार पनि नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गर्दौ सरकारले ल्याएको अब्यवहारिक निर्णय खारेज नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका छन् ।

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र पुँजी बजार लगानीकर्ता सघंले मंगलवार साँझ संयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL