Logo

नेपाली जुत्ता घरको समरसेल मेला सुरु, ७० प्रतिशतसम्म छुट

नेपाली जुत्ता घरको समरसेल मेला सुरु, ७० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईतबारदेखि नेपाली जुत्ता घरमा जुत्ता तथा चप्पलको समर सेल मेला सुरु भएको छ ।

नेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरीय जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयातलाई न्युनिकरण गर्ने उद्देश्य अनुरुप समरसेलको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

निश्चित समयको लागि गरिएको सो मेलामा जुत्ता तथा चप्पलको खरिदमा ७० प्रतिशतसम्मको बिशेष छुट दिएको छ । समरसेलमा वा सेल मेला भन्ने बित्तिकै कम्पनीको स्टकमा रहेका पुराना तथा बिग्रीएका जुत्ताहरु बिक्रि गर्ने बुझाई तथा गलत भ्रमलाई चिर्नका लागि कम्पनीका गुणस्तरीय एवं आकर्षक जुत्ताहरुलाई विशेष छुटका साथ मेलामा बिक्री गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

नेपाली जुत्ताघरले यसअघि पनि ७ वटा बिगसेल मेला सफलता पूर्वक सम्पन्न गरिसकेको छ । वर्षा याममा पनि ग्राहकको चाहना र मागलाई ध्यानमा राखी बिगतका वर्ष देखि सुरु गरिएको नेपाली जुत्ता चप्पलहरुको बृहद् समरसेल मेला यस वर्ष पनि सुरु गरेको आयोजकको भनाई छ ।
समरसेलमा नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारी पाटी, अद्धवैतमार्ग, बागबजार, बुद्ध मल, बालाजुस्थित आफ्नै बिक्री कक्षमा आईतबार देखी स्टक रहुन्जेल सम्मका लागि सञ्चालन हुनेछ ।

मेलामा उपभोक्ताले सर्व सुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीमा उत्पादनको गुणस्तरले गर्दा ग्राहकहरु मेलाको प्रतिक्षामा रहने र आफुलाई चाहिने जुत्ता तथा चप्पल मेलामानै खरिद गर्ने गरेको स्काई सुजका प्रवन्ध निर्देशक मनोज श्रेष्ठले जानकारी दिए ।

समर सेल मेलामा नेपालका शिखर सुज, बिएफ डियर हिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, लगायत ११ वटा ब्राण्डका जुत्ता चप्पल हरु बिक्री वितरण भईरहेको श्रेष्ठले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL