Logo

सोमबारदेखि ‘स्टार्टअप शोकेस एण्ड एक्स्पो’, नयाँ उद्यमीहरुका लागि उपयोगी

सोमबारदेखि ‘स्टार्टअप शोकेस एण्ड एक्स्पो’, नयाँ उद्यमीहरुका लागि उपयोगी



काठमाडौंमा काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिस्ठान (आइईडीआई) र निजी कम्पनी अन्तर प्रेरणाले ‘स्टार्टअप शोकेस एण्ड एक्स्पो’ गर्ने भएको छ ।

आइईडीआई र अन्तर प्रेरणाले सोमबार देखी काठमाडौंमा ‘स्टार्टअप शोकेस एण्ड एक्स्पो’ गर्ने भएको हो ।

एक्स्पोले सहभागी उद्यमीहरुलाई सम्बन्धित व्यवसायको बजार बुझ्ने तथा आफ्ना वस्तु तथा सेवामा ल्याउनुपर्ने सुधारका लागि सिक्ने अवसर प्राप्त हुने आयोजकले अपेक्षा रहेको छ । साथै अवलोकनकर्ता तथा आगन्तुकहरुलाई नेपालमा स्टार्टअप माहोल र इकोसिस्टम कसरी अगाडि बढ्दैछ भन्ने जानकारी प्रदान गर्नेछ ।

आइईडीआई र अन्तर प्रेरणाले बैदेशिक राजगारीमा जाने जनशक्तिलाई नेपालमै उद्यम गर्नमा प्रेरित गर्ने तथा सोका लागि आवश्यक सहयोग र वातावरण सिर्जना गर्ने गर्दछ ।

४० भन्दा बढी संख्यामा रहेका युवा उद्यमीहरु तथा उनीहरुद्वारा संचालित व्यवसायको सहभागिता रहने नवउद्यमी (स्टार्टअप) नेपालमै पहिलो भएको आयोजकले जानकारी दिएको छ ।

स्वदेशी स्टार्टअपहरुको सिर्जनशीलता, व्यवसाय, उत्पादन तथा सेवा र सम्भावनाहरुको अवलोकनका लागि ‘स्टार्टअप शोकेस एण्ड एक्सपो २०१८’ आयोजना गरेको आयोजकले विज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL