Logo

आन्तरिक राजस्वको पत्रको असर सेयर बजारमा, नेप्सेमा ३४ अंकको पहिरो

आन्तरिक राजस्वको पत्रको असर सेयर बजारमा, नेप्सेमा ३४ अंकको पहिरो



काठमाडौं । आन्तरिक राजस्व विभागले सेयरको हकप्रद र बोनस पछिल्लो औषत मूल्य गणनाको मौजुदा व्यवस्था परिमार्जन गरेसँगै त्यसको असर नेप्सेमा देखिएको छ । विभागले आजैका मितिदेखि लागू हुनेगरी नयाँ व्यवस्था अनुसार हकप्रद र बोनस पछि सेयर बिक्री गर्दा लगानीकर्ताले मौजुदा व्यवस्थाभन्दा बाहेक ५ देखि ७ प्रतिशतसम्म अतिरिक्त कर तिर्नुपर्ने व्यवस्था गरेसँगै सेयर बजारमा पहिरो गएको छ ।

सरकारले बजेटमार्फत हाल लाग्दै आएको ५ प्रतिशतको पूँजीगत लाभकरलाई बढाएर साढे ७ प्रतिशत पुर्याएको छ । साथै बोनस र हकप्रदमा पनि करिब ७ प्रतिशको थप कर लगाएसँगै लगानीकर्ताले औषतमा १५ प्रतिशत कर तिर्नुपर्ने देखिन्छ । उच्च करको त्राससँगै लगानीकर्ताहरु अतालिएका छन् ।

विभागले उक्त सुचना प्रकाशित गरेसँगै सेयर बजारमा करिब ३४ अंकको पहिरो गएको छ । बजार खुलेदेखि घट्न सुरु भएको बजारमा ३३ दशमलव ७१ अंकले घट्दै नेप्से परिसुचक १ हजार २ सय ७४ अंकमा झरेर अडिएको छ ।

साताको पहिलो दिन उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक घट्न पुगेको छ । सो समुहको परिसुचक २ सय ९० अंकले घट्दा बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि २६ अंकभन्दा बढिले घट्न पुगेको छ ।

यसैगरी विकास बैंक समुहको परिसुचक ३० अंकभन्दा बढिले आरालो लाग्दा लघुवित्त समुह ५५, होटल ६१ र जलविद्युत समुहको परिसुचकमा ३३ अंकको गिरावट आएको छ ।

बजारमा दिनभर ५४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । जसमा १ सय ५५ कम्पनीको ९ लाख ९७ हजार कित्ता सेयर कारोबार भएका छन् । सोमध्ये सबैभन्दा बढि नेपाल बैंकको २ करोड ७४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने राष्ट्रिय बीमा कम्पनीको ३ करोड ७६ लाख रुपैयाँ बराबरको संस्थापक सेयरको समायोजन भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL