Logo

सेयर बजारमा पूँजीगत लाभकर बढ्यो, व्यक्तिगत लाभकर ७.५ % पुर्याउँदा संस्थालाई १५ % पुग्यो

सेयर बजारमा पूँजीगत लाभकर बढ्यो, व्यक्तिगत लाभकर ७.५ % पुर्याउँदा संस्थालाई १५ % पुग्यो



काठमाडौं । सरकारले सेयर बजार कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरलाई बृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरलाई बृद्धि गरेका हुन् ।

सरकारले ल्याएको नयाँ बजेटसँगै सेयर कारोबारमा लाग्दै आएको व्यक्तिगत पूँजीगत लाभकर बढेर साढे ७ प्रतिशत पुगेको छ । यस अघि व्यक्तिगत पूँजीगत लाभकर ५ प्रतिशत मात्रै थियो ।

यसैगरी सरकारले संस्थागत पूँजीगत लाभकर पनि बढाएको छ । जस अनुसार संस्थागत पूँजीगत लाभकर बढेर १५ प्रतिशत पुगेको छ । यस अघि यस्तो कर १० प्रतिशत मात्र रहेको थियो । तर, सरकारले ब्रोकर कमिसनमा लाग्ने मूल्य अभिबृद्धि कर भने खारेज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL